भैरवी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई सोसेकको बधाइ तथा सम्मान

भैरवी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई सोसेकको बधाइ तथा सम्मान

सुर्खेत : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले भैरवी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान गरेको छ ।

मंगलवार भैरवी गाउँपालिका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र कार्यपालिका सदस्यलाई बधाइ तथा सम्मान कार्यक्रम गरिएको हो । नव निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम गर्दै सामाजिक सेवा केन्द्र (सोसेक)ले आधार परियोजनाले पालिकामा संचालन गरिने क्रियाकलापको बारेमा समेत जानकारी गरिएको थियो ।

यस्तै महिला तथा बालबालिका केन्द्र, बाल हेल्पलाइन १०९८ को बारेमा जानकारी गराइएको थियो । बधाई तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्षले पालिकामा कार्यक्रम संचालन गर्दा समन्वय, सहकार्य र साझेदारितामा कार्यक्रम संचालन गरिने कुरा गाउँपालिका अध्यक्ष रीता शाहीले बताइन् ।

प्रतिक्रिया