वीरेन्द्रनगर सरकार बेखबर, सडकका खाल्डाखुल्डी बनाउने जिम्मा कस्को ?

वीरेन्द्रनगर सरकार बेखबर, सडकका खाल्डाखुल्डी बनाउने जिम्मा कस्को ?

सुर्खेत : कर्णाली प्रदेशको राजधानी हो वीरेन्द्रनगर सुर्खेत । कर्णाली प्रदेशको राजधानी भएता पनि न उचित पुर्वाधार छन् । नत सडकका खाल्डाखुल्डी कसैले बनाउछ । सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएसँगै नागरिकलाई असहज भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि वीरेन्द्रनगरजस्तो बनाउन सकेको छैन यहाँको वीरेन्द्रनगर सरकारले सुर्खेतका पवन कठायतले भन्छन् । नगरपालिकाभित्रका विभिन्न वडाका बाटोहरुमा खाल्डाखुल्डी छन् तर स्थानीय सरकारले नदेखेको उनी बताउँछन् ।

सुर्खेतको मुख्य आवतजावत हुने मंगलगढी चोकबाट वीरेन्द्र चोक हुँदै गणेश चोकसम्म । बुद्धपथ एरिचोक लायतका ठाउँका सडकमा खाल्डाखुल्डी छन् । जस्ले दुर्घटना बढ्दो छ भने नागरिकलाई आवतजावत गर्न असहज भएको वीरेन्द्रनगर -६ का कर्ण बस्नेत बताउँछन् । प्रदेशको राजधानी भएपनि राजधानी जस्तो छैन,’ उनले भने , ‘प्रदेशको राजधानी भएको ठाउँमा नगरबस लगायतका अन्य कुराको त के आ गर्नु । कम्तिमा सडकका खाल्डाखुल्डी त बनाइदिए सहज हुन्थ्यो त्यो पनि यीनिहरुबाट के आस गर्नु ।’ नगरपालिकाका विभिन्न ठाउँमा खाल्डाखुल्डी पर्दा समेत वीरेन्द्र सरकार बेखबर रहेको छ ।

प्रतिक्रिया