कपासेमा जिप दुर्घटनामा रुकुम पश्चिमका धर्मराज बुढाथोकीको मृत्यु

कपासेमा जिप दुर्घटनामा रुकुम पश्चिमका धर्मराज बुढाथोकीको मृत्यु

सुर्खेत : बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जिप दुर्घटनामा मृतक र घाइतेहरुको पहिचना खुलेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम चौरजाहरी नगरपालिका २- का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन । उनको घटना स्थलमै मृत्यु भएको थियो । साथै घाइते हुनेमा अछामको तर्माखाद २ का २७ वर्षीय तुल्सी रावल विसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका -२ अछामका ३ बर्षिया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ बर्षिय भोज बहादुर घले, टिकापुर नगरपालिका -२ कैलाकीकि सरस्वती बिष्ट रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका -१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको थियो । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया