भालुको आक्रमणबाट सल्यानमा एक वृद्धा घाइते

          |   प्रकाशित मितिः शनिबार, असार ११, २०७९     ::: 80 पटक पढिएको   |  

सल्यान : भालुको आक्रमणबाट सल्यानमा एक वृद्धा घाइते भएकी छन् । जिल्लाको कालिमाटी गाउँपालिका ५ हात्तिदमारकी ६० वर्षीया चन्द्रकला बुढालाई भालुले आक्रमण गरेको हो ।

भुसाबारी मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी बुढालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको दमदुवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*