सुर्खेतमा श्रीमतीमााथि चक्कु प्रहार गरी घाइते

सुर्खेतमा श्रीमतीमााथि चक्कु प्रहार गरी घाइते

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मा एक व्यक्तीले श्रीमतीलाई चक्कु प्रहार गरेका छन् । वीरेन्द्रनगर नगपालिका -४ भैरवस्थानमा बसोबास गर्दै आएका ३० वर्षीय तीलबहादुर घर्तीले श्रीमती ३३ वर्षीय खगिसरा घर्तीलाई चक्कु प्रहार गरेर घाइते बनाएका हुन ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले तीलबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइते खगिसराको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चिगाड गाउँपालिका- १ स्थायी ठेगाना घर भएका तीलबहादुरले ससुरालीको घरमा आएको बेला चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । घाईते खगिसराको टाउको, घाँटी, कुमको पछाडी दुबै हातमा चोट रहेको र उनी अबस्था बोल्नसक्ने रहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । चक्कु प्रहार गर्ने तिलबहादुरलाई नियन्त्रणमा लिएर थप अनसुन्धान अघि बढाएको छ ।

प्रतिक्रिया