फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

सुर्खेत : लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो ।

कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो ।

भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित तस्बिरमा नेपालसहित पाचवटा पुस्तकका सर्जक थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् ।  थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।

 

प्रतिक्रिया