दैलेखमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने

दैलेखमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने

काठमाडौं :  सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा भाषा विभाग सदस्य रोहित कुँवरलाई प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानको कर्णाली प्रदेश शाखाको आयोजनामा श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गर्ने र उक्त कार्यक्रममा कर्णाली प्रदेश शाखा इन्चार्ज समेत रहेका कुँवरलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा भाषा विभाग सदस्य रोहित कुँवर ।
कार्यक्रममा गजलकार रोहित कुँवरको गजल रस्वादन सँगसँगै दैलेखका कवि दिपिन सिजापतीको कविता वाचन रहने प्रतिष्ठानका केन्द्रीय सचिव सुजन सिरेङ चङ्वाङ लिम्बूले जानकारी दिए ।

सगरमाथा साहित्य प्रतिष्ठान केन्द्रीय कमिटी तथा सगरमाथा साहित्य प्रतिष्ठानका शाखाहरुले यस्ता उदाहरणीय कार्यक्रम गर्दै आइरहेको र कर्णाली प्रदेश शाखाले यस अघि पनि यस्तै कार्यक्रम गरेको लिम्बूले बताए ।

यस्तै, कर्णाली, दैलेख आसपासका साहित्यिक सर्जक तथा साधकहरुलाई कार्यक्रममा उपस्थिति भइदिन पनि लिम्बूले आग्रह गरेका छन् ।

प्रतिक्रिया