सोेसेक नेपालले ग¥यो जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको बिदाई

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको बिदाई गरेको छ । बिहीवार एक कार्यक्रमका बीच दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको बिदाई गरिएको हो ।
संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, सहायक कार्यक्रम निर्देशक दुर्गा गिरी, सोसेक नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ का संयोजक रमा श्रेष्ठ लगाएतले न्यायाधीश दण्डपाणि लामिछानेलाई बिदाई गरेका हुन् ।बिदाईको अबसरमा जिल्ला न्यायाधीश लामिछानेलाई दोसल्ला ओडाएर मायाको चिना प्रदान गरिएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको हालै सरुवा भएको थियो । जिल्ला न्यायाधीश लामिछानेको जिल्ला अदालत सिराहामा सरूवा भएको छ । रूपन्देही जिल्ला अदालतमा कार्यरत न्यायाधीश बलराम लम्सालको दैलेख जिल्ला अदालतमा सरूवा भएको छ ।
प्रतिक्रिया