सुर्खेतमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मुत्यु

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मुत्यु भएको छ । वीरेन्द्रनगरको रत्न रनजमार्ग अन्तर्गत बुदबुदी चौक नजिकै बाटो काट्ने क्रममा मोठरसाईकलले ठक्कर दिदा घाईते महिलाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको हो ।
लु ८५ प ५१६६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा वीरेन्द्रनगर नगरपालिका १० बस्ने ४३ बर्षिया बालकुमारी नेपालीको मुत्यु भएको मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले बताए ।
मोटरसाईकलले आज दिउसो करिब ३ बजे ठक्कर दिएको थियो ।
प्रतिक्रिया