सरकारी गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते

सरकारी गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आँखा अस्पताल अगाडी चोकमा सरकारी गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको कारले लु ७३ प २८८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेमा दैलेखको भैरवी गाउँपालिका–३ का २७ बर्षिया हरी थापा र एमपी कुमार थापा रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया