गाईसँग ठोक्किएर गएराति मोटरसाइकल चालकको मृत्यु

गाईसँग ठोक्किएर गएराति मोटरसाइकल चालकको मृत्यु

कैलाली : गाईसँग ठोक्किएर गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र।०१०११प ३८१६ नम्बर को मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार शर्मिलाको उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया