चलचित्र प्रकाश र राधा आजदेखि प्रदर्शनमा

चलचित्र प्रकाश र राधा आजदेखि प्रदर्शनमा

काठमाण्डौ : नेपाली चलचित्र उद्योगले आशा गरेका दुई चलचित्र प्रकाश र राधा आजदेखि प्रदर्शनमा आएका छन् ।

दिनेश राउतको निर्देशनमा रहेको ’प्रकाश’ र सुवर्ण थापाद्वारा निर्देशित राधा आजदेखि प्रदर्शनमा आएका हुन् ।

नेपाली समाजको यथार्थतालाई देखाउन खोजिएको यो चलचित्र जुम्लामा छायाङ्कन गरिएको हो । जुम्लाको गरिब परिवारमा हुर्किएको एक व्यक्तिले शिक्षक बन्नका लागि गरेको सङ्घर्षसँग जोडिएको कथावस्तु यो चलचित्रमा समेटिएको छ।

चलचित्र प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय रहेको छ ।

यस्तै आजैबाट अर्को नेपाली चलचित्र ‘द सिक्रेट्स अफ राधा’ प्रदर्शनमा आएको छ ।

चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्लसँगै दिव्य देभ, खगेन्द्र लामिछाने, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ, निश्चल बस्नेतलगायतको अभिनय छ । यो चलचित्र आफ्नो श्रीमानको पर्खाइमा रहेकी एक पत्नीको कथामा आधारित रहेको छ ।

 

दुई नेपाली चलचित्र सँगै भारतीय चलचित्र ुलाइगरु पनि आजदेखि प्रदर्शनमा आएको छ।

प्रतिक्रिया