तीजको मौलिकता कायम राख्न आवश्यक छ : मुख्यमन्त्री शाही

तीजको मौलिकता कायम राख्न आवश्यक छ : मुख्यमन्त्री शाही

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् ।

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।”

साथै मुख्यमन्त्रीले यस्ता धार्मिक÷सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

खासगरी हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया