केन्द्रिय सदस्य रानाद्धारा हरितालिका तिजको शुभकामना

केन्द्रिय सदस्य रानाद्धारा हरितालिका तिजको शुभकामना

सुर्खेत : हिन्दू नारीहरूको महान चाड  हरितालिका तिजको अवसरमा नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य सीता कुमारी रानाले शुभकामना व्यक्त गरेकि छन् । नेपाली कांग्रसकि केन्द्रिय समिति सदस्य रानाले शुभकामना व्यक्त गर्दै भड्किलोपन हटाएर पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्ने बताएकि छन् ।

तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त व्यक्त गरेकि छन् ।

हिन्दु नारीहरुको महानपर्व तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ,” उनले भनिन् ।

प्रतिक्रिया