इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई काठमाडौँ महानगरको निम्तो

इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई काठमाडौँ महानगरको निम्तो

काठमाडौं :  काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्नका लागि विश्वका २५ नगरलाई निम्तो दिएको छ।

भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी शहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको महानगरपालिकाले जनाएको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकाका सबै नगरपालिका प्रमुख ५ वटा महानगरपालिका र २५ वटा भगिनी सम्बन्ध भएका नगर प्रमुखलाई निमन्त्रणा गरेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनका सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेइद, जिन्काउ र लान्वोउ गरी ७ वटा शहर छन् । काठमाडौं महानगरसँग धेरै शहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो ।

चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकवर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । निम्त्याइएका सबै जना आउन नसक्ने जानकारी आएको महानगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया