कर्णालीलाई अर्गानिक हब बनाउन सबै लागिपर्नुपर्छ : मन्त्री शाही

कर्णालीलाई अर्गानिक हब बनाउन सबै लागिपर्नुपर्छ : मन्त्री शाही

सुर्खेत :  कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द बहादुर शाहीले कर्णाली प्रदेश बहुमुल्य जडिबुटी यार्सागुम्बा, ओखर, स्याउ, जुम्ली मार्सी धान लगायतको धनी प्रदेश भएको बताएका छन्।

कर्णालीको पहिचान यहाँको अर्गानिक उत्पादन भएको बताउँदै मन्त्री शाहीले यहाँको अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न र बढाउन हामी सबै लाग्नुपर्ने बताए। कर्णाली प्रदेश इनर्जी एण्ड अर्गानिक पर्टिलाईजर प्रालीको आयोजना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वय तथा अन्य संघ संस्थाको सहकार्यमा भएको प्राङ्गारिक मल उत्पादनमा निजि क्षेत्रको भूमिका विषयमा एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

हामिले सहरका खानाहरुमा जम्मै बिषादी मिसाएको खाना खाएका छौउनले, भने, ‘ तर हाम्रा आमाबुबा आज पनि गाउँमा अर्गानिक खाना खाईरहेका छन्। कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन थुप्रै चुनौती भए पनि प्रदेश सरकार सुरुवाती चरणबाट नै यसतर्फ लागेको छ । अर्गानिक कृषि प्रणालीको बिकास गरि कर्णालीलाई अर्गानिक हब बनाउन सबै लाग्नुपर्ने र यसमा प्रदेश सरकारले जस्तोपनि सहयोग गर्न तयार छ ।’

कर्णालीले क्वन्टिटीमा अन्य प्रदेश सङ्ग प्रतिस्पर्धा गर्न नसके पनि क्वालिटीमा अन्य प्रदेश भन्दा अब्बल हुने बताउदै, अहिले नै प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सक्ने आधारहरु तयार नभए पनि हामीले गाउँ, टोल र नगरलाई अर्गानिक बनाउन सकिने आधारहरू भएको उनले बताए ।

प्रतिक्रिया