संविधान दिवस : राष्ट्रपतिद्वारा ७०२ जनाको कैद माफी

संविधान दिवस : राष्ट्रपतिद्वारा ७०२ जनाको कैद माफी

फाइल तस्विर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ७०२ कैदीहरूलाई कैद कट्टा गरेकी छन्। भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीसमक्ष ७०२ कैदीको सजाय मिनाहा गर्न सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिहरूको कैद सजाय मिनाहा गरेकी हुन्।

कैद मिनाहा हुनेमा पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कूल जम्मा ६८१ जना छन्।  यसैगरी राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई कैद माफी भएको छ। कैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी-लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया