सल्यानमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

सल्यानमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

सल्यान :  सल्यानमा राष्ट्रसेवक कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सल्यानमा संविधान दिवस २०७९ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कर्यसमितिको आयोजनमा राष्ट्रसेवक कर्मचारी मैत्री पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता श्रीनगरमा सम्पन्न गरिएको हो । प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए ।

जसमध्ये रोशन वली र सन्तोष वलीको टिम प्रथम भएको छ । सन्तोष बस्नेत र मनोज सिंहको टिम द्धितिय भएको छ भने चन्दन जि.एम र बरुण शाह तथा हिरा खड्का र पदम चौधरीको टिम तृतिय भएको छ ।

प्रथम हुने टिमलाई १५ हजार, द्धितिय हुने टिमलाई १० हजार र तृतीय हुने टिमलाई ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले जानकारी दिए ।

 

प्रतिक्रिया