जुम्लाको सिञ्जा गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा

जुम्लाको सिञ्जा गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा

जुम्ला :  जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ । महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिञ्जा स्वास्थ्य शाखा संयोजक ललितजङ्ग रोकायाले स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवा विस्तारका उच्च प्राथमिकता दिएको जानकारी दिए । यसअघि सो क्षेत्रका गर्भवतीले प्रसूति सेवा तथा एएनसी पिएनसी जाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्यचौकीमा जानुपर्ने बाध्यता थियो ।

गाउँपालिकाले धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसूति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि गाउँपालिकाकाले उच्च प्राथमिता दिँदै आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले स्वास्थ्य सस्थामा सुत्केरी हुने व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया