दशैँको मुखमा भारत जाने कर्णालीका युवाको व्यथाः

दशैँको मुखमा भारत जाने कर्णालीका युवाको व्यथाः

मालिकले काम गर्न बोलायो जाउ त दशै छुट्ने नजाउ त काम छुट्ने

सुर्खेत :  हिन्दुहरुको महान पर्व दशै तिहार घर आगनमै पुगेको छ । वषौँ पछि परदेशिका मनहरुको मिलन गराउने पर्व हो दशै तिहार । परदेशबाट परदेशि गाउँघरमा पुगिसके कोही पुग्दैछन् । घरका आफन्तले बाटो हेरिरहेका होलान् ।

दशै तिहारमा सबैजना जम्मा भएर जमघट गरेर सानाले ठुलाबाट अशिस लिने र केही समयका लागि रमाएर बस्ने पर्व हो । तर, कसैका लागि यो दशै दशै रहदैन । आर्थिक अभाव लगायतका विभिन्न समस्याका कारण केही मानिसहरुका लागि दशै दशै रहदैन । दशै तिहारको मुखैमा परदेश जानु पर्छ । देशमा भएको भष्टाचारी महंगी स्थीर सरकार नहुनुका कारणले परदेश जानपर्ने बाध्यता छ ।

यहि दशैमा कर्णालीका कयौँ नागरिक लामो समय परदेश बसेर दशैको रौनकमा दशै मनाउन कोही घर फर्किसकेका छन् । कोही भने फर्किने तयारीमा छन् । तर, त्यस्मध्यबाटै घरको आर्थिक अवस्था कमजोर । लालाबाला र साहुँको ऋण तिर्नलाई पनि कैयाँै नागरिक रोजगारीकै लागि भारततिर जानेको कमि छैन । त्यहिमध्यको एक प्रतिनिधि पात्र हुन कालिकोटको नरहरीनाथ ३ का कमल विक ।

घर फर्किने अन्य परदेशि उत्साह उमंगका साथ घर फर्कदै थियो त्यो दृश्य देखेर उनी निराश थिए । दशैको मुखमा उनी परदेश जादै थिए । घर परिवारले दशै मनाएर जानु यत्तिकै नजानु भन्थे, के गर्नु पकेटमा रुघाखोकी लागे खाने सिटामोल किन्ने पैसा छैन,’उनले भने, ‘अर्को वर्ष सबैजना बसेर दशैँ मनाउला भन्दै घर परिवारको मन शान्त पारेर परदेश जान हिडे ।’

निरास मलिन अनुहार । दशैमा घर पर्किनेहरुलाई हेर्दै सायद उनी घरको यादमा डुबेका थिए । घरमा श्रीमति विरामी भएकै कपैसा श्रीमतिको उपचार खर्चमै जुट्यो । आर्थिक अभाव भएकै कारण पुरा उपचार नभएको उनी बताउँछन् । उन िजस्तै दैलेखको ठाटीकाँध गाउँपालिका २ का शन्तराम विक पनि दशैको मुखमा परदेश जान लागेको बताए । दशैको मुखमा परदेशी हुन कस्लाई पो रहर हुन्छ,’उनले भने, ‘स्थानीय सरकार आएको छ । केही काम यतै पाए आफ्नै देशमा गरौँला भनेर सोचेको केही गर्न सकिएन । घरमा दशै खर्चको लागि र छोराछोरीको लागि कापिकलम जुटोन परदेश हिडे ।’

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर ३ का कलम बादी पनि परदेश जाने निधो गरेका छन् । तीन महिनाको लागि मालिकबाट छु्टि मागेर उनी मालिकले बोलाएपछि जान लागेका हुन् । बिदामा आएको घरमा आमा विरामी भएका कारण,’उनले भने, ‘तीन महिना बिताए । आमाले बाबु दशै मनाएर भन्नुहुनथ्यो । उता मालिकले फोन गरेर बोलापछि जान लागेको हुँ । आफ्नै देशमा रोजगार भएको हो मिन परदेश जानुपथ्र्यो, देशमा रोजगार छैन । दशैको मुखमा भएपनि बोलाएपछि जानुपर्छ । नभए त्यही भएको काम पनि अर्कैले गर्न थाल्छ ।’ दशैको मुखमा परदेशी हुने उनीहरु एक प्रतिनिधि पात्र मात्र हुन उनीहरुजस्तै परदेशी हुने कर्णालीका परदेशीका पीडा देखिनसक्नुका छन् ।

कर्णालीका अधिकांस नागरिक धान रोपाइ सकेर भारत जान्थे । अधिकांस दशैतिहारमा घर फर्किन्थे । यहिबेला धानवाली पनि पाकेको छैन । फेरी हिउँदमा गहुँवाली छरेर भारततिरै होम्मिन्थे । अहिले दशैको मुखमा धेरैको संख्यामा भारतबाट घर फर्किदै छन् त कोही भने दशैकै मुखमा रोजगारीको शिलसिलामा परदेसतिर जादै छन् ।

प्रतिक्रिया