दैलेखी युथ कप प्रतियोगिता सुरु

दैलेखी युथ कप प्रतियोगिता सुरु

दैलेख : स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको सहित दैलेखमा दैलेखी युथ कप खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । बिगत लामो समयदेखि खेलकुद महोत्सव नै संचालन गर्दे आएको दैलेखी युथले यस पटक जिल्ला स्तरिय खुल्ला दैलेखी युथकप फुटसल र व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

कात्तिक चार गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका दश वटा फुटसल समुहहरु प्रतिस्पर्धामा सहभागि भएका छन् । व्याटमिन्टन तर्फ दुई दर्जन सेट सहभागि हुने प्रतियोगिताको संयोजक मनोज भण्डारीले बताए । फुटसलका खेलहरु स्थानीय खुला मञ्च टुडिखेलमा संचालन भएको छ । व्याटमिन्टन तर्फका खेलहरु कवर्डहलमा संचालन हुने आयोजकले जनाएको छ ।

पुरस्कारमा फुटसल तर्फ प्रथम हुनेले ३० र दोस्रो हुनेले १५ हजार प्राप्त गर्नेछन । त्यस्तै व्याटमिन्टन तर्फ  प्रथम पुरस्कार १५ र दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्रप्त गर्ने छन् ।
प्रतियोगिताका लागि नारायण नगरपालिका–१ वडा कार्यालयले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजन चामुण्डाबिन्द्रासैनी नगरपालिका र प्रायोजन तरुण मिडिया प्रालिको रहेको छ । त्यस्तै जिल्ला खेलकुद विकास समिति समन्वयकारी भूमिकामा रहेको छ ।

समाज रुपान्तरणमा दैलेखी युवा भन्ने मुल नारा सहित गठित दैलेखी युथले बिगत लामो समयदेखि यस्ता खाले प्रतियोगिताहरु संचालन गर्दै आएको छ । बोका कप, गोल्ड कप हुँदै बृहत खेलकुद महोत्सव संचालन गरेको युथले तिहारको पूर्वसन्ध्यामा खेलकुद प्रतियोगितालाई निरन्तरता दिएको हो ।

तस्विरहरु विशाल सुनार

प्रतिक्रिया