रविको चुनावी सभामा कलाकार पुगे घण्टी बजाउँदै

रविको चुनावी सभामा कलाकार पुगे घण्टी बजाउँदै

काठमाडौँ :  चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन काठमाडौंबाट कलाकारहरु पुगेका छन्।

कलाकारहरु दीपाश्री निरौला, रमेश उप्रेती, किरण केसी र निर्मल शर्मा रविको दलले गरेको चुनावी सभामा भाग लिन चितवन पुगेका हुन्।

उक्त कार्यक्रममा सहभागी हुने क्रममा कलाकार दीपाश्री निरौलाले रविलाई राम्रो र हाम्रो मान्छे भन्दै जिताउन आग्रह गरिन्।

रवि राम्रो पनि हाम्रो पनि मान्छे होु, उनले भनिन्, घण्टी बजिसकेको छ सबैले समर्थन गरिसक्नु भएको छ।

त्यसैगरी रमेश उप्रेतीले पनि कुनै दलको कार्यक्रममा आफू पहिलो पटक सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन आग्रह गरे।

अर्का कलाकार किरण केसीले देशमा परिवर्तनका लागि रविलाई जिताउनुको विकल्प नरहेको बताएका छन्।

त्यस्तै चितवन पुगेका कलाकार निर्मल शर्माले पनि भावी सन्ततिलाई विकासित नेपालकोबारेमा कथा सुनाउने हो भने घण्टीलाई भोट हाल्नुपर्ने तर्क गरे।

 

प्रतिक्रिया