दैलेख–१, प्रदेश सभा १ मा काँग्रेसका पूर्णबहादुर खत्री ७४७ मतले अघि

दैलेख–१, प्रदेश सभा १ मा काँग्रेसका पूर्णबहादुर खत्री ७४७ मतले अघि



दैलेख : दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका पूर्णबहादुर खत्रीले ७४७ मत सहित अग्रता कायम गरेका छन् । झण्डै १३ हजार ८ सय ४९ मत गणना हुँदा उनले ६ हजार ५ सय १ मत पाएका छन् । उनलाई नेकपा एमालेका धर्मराज रेग्मीले ५ हजार ७ सय ५४ मत सहित पछ्याईरहेका छन् ।
यो मतगणनामा चार सय २३ मत बदर भएको छ । क्षेत्र नं. १, प्रदेश सभा १ मा मा गुराँस, डुङ्गेश्वर, भगवतीमाई गाउँपालिका पर्दछन् । हालसम्म गुराँस र डुङ्गेश्वर गाउँपालिकाको मत गणना सकिएको छ । अहिले भगवतीमाई गाउँपालिकाको मत गणना सुरु भएको छ ।

प्रतिक्रिया