जुम्ला (क) मा देवेन्द्र बहादुर शाही १ हजार ८९९ मतान्तरसहित विजयी

जुम्ला (क) मा देवेन्द्र बहादुर शाही  १ हजार ८९९ मतान्तरसहित विजयी

सुर्खेत :  नेपाली कांग्रेशका कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन । उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाही १ हजार ८९९ मतान्तरसहित विजयी भएका छन ।

जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६५४ मत पाएका छन भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ ।

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भएपनि पराजित भएका हुन । शाहीले ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभामा चुनाव लडेका थिए । माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन ।

प्रतिक्रिया