एमालेका कर्णाली प्रदेश सह- इन्चार्ज गुलाबजंग शाह पराजित

एमालेका कर्णाली प्रदेश सह- इन्चार्ज गुलाबजंग शाह पराजित

सल्यान : नेकपा एमालेका कर्णाली प्रदेश सह- इन्चार्ज गुलाबजंग शाह पराजित भएका छन्। सल्यान प्रदेश सभा (ख) बाट चुनाव लडेका उनी नेपाली कांग्रेसका सुरेश अधिकारीसँग ३ हजार ७८० मतान्तरले पराजित भएका हुन् ।

गठबन्धनको साथ पाएका अधिकारको पक्षमा २० हजार ४०८ मत आउँदा पराजित एमाले नेता शाहले १६ हजार ६२८ मत पाए । शाह एमालेबाट प्रदेशको मुख्यमन्त्रीका दाबेदार मानिएका थिए भने ०७४ बाट सल्यान (क) बाट चुनाव जितेका थिए।

उनले सो क्षेत्रमा आफूलाई सुरक्षित नठानेर ९ख० बाट चुनाव लडेका थिए। यद्यपि उनी पराजित हुन् पुगे ।

 

प्रतिक्रिया