चौथोपटक शशांक कोइराला विजयी

चौथोपटक शशांक कोइराला विजयी

काठमाडौँ :  नेपाली कांग्रेसका नेता शशांक कोइराला लगातार चौथोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।

निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई २५ हजार ४४ मत प्राप्त भएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया