तानक्षेत्रमै जीवन बिताएका शेरबहादुर,जस्ले २८ हजारजनालाई तान बुन्न सिकाए

        जितेन्द्र थापा   |   प्रकाशित मितिः सोमवार, मंसिर १९, २०७९     ::: 159 पटक पढिएको   |  

 

सुर्खेत :  दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी साली सम्झिन्छौँ कि कहिलै ? साझको समय थियो । बजारमा दशैको चहलपहल बढेको थियो । दशैको लागि सुनसान ठाउँमा कर्णालीको पहिचान झल्काउने कपडा बुन्न तान चलाउदै । तानमा बसेर यिनै शब्द लयबद्ध रुपमा आवाज घन्किरहेको थियो । दैलेखि लोक देउडा कलाकार शेर बहादुर खड्काको मुखारविनदुबाट । यि शब्द पढ्दा जति बुझ्न अप्ठेरो हुन्छ सुन्दा मन्ध मुग्ध बनाउछ । त्यसैले त पुराना भाका र शब्द अजम्बरी हुन्छन् । यि अजम्बरी शब्दले पुर्खाको याद दिलाउछ । भाका र शब्द पुराना भएता पनि युवायुवतीलाई माया प्रिति र मिलन बिछोडको याद दिलाउँछ । भनिन्छ ‘ओल्ड इच गोल्ड’ यो इतिहास हो ।

बच्पन, युवापन सबै यस गीतमा झल्किन्छ । दैलेखको दुल्लुमा रहेको पञ्चदेवल र दैलेखका गढीलाई जोडिएको छ । सँगै कलाकार खड्काले दुल्लु राम्रा पञ्चदेवल दैलेख गढी र सालिलाई सम्झन्छौकि कहिलेही भन्ने दैलेखकी पहिचानलाई जोडेर गीत बनाएका थिए । यिनै गीत सँगै डेढसय गीतहरु गाएका छन् । यति मात्र होइन तानसँगको पनि अटुट सम्बन्ध रहेको छ ।

२०२० कार्तिक १९ गते दैलेखको दुल्लु नगरपालिकामा जन्मेका, उमेरले ५९ वर्ष ६० पुग्न एक वर्ष कम खड्का सुर्खेतको वीरेन्द्रनगर ४ स्थित भैरवस्थानमा तानसँगै दिनभरिको कामलाई थाती राख्दै ‘आफ्नै देश रमाइलो हुन्छ, मेरी लै लै, नजाउ मैनाचरी लै लै साली सम्झिन्छौँ कि कहिलेही’ उमेरले ५९ पुगेर पाका भइसकेका कलाकार खड्का विगतको बालापन र युवापनमा फर्कदै सालीलाइ सम्झिदै गिताउँछन् । दिनभरिका दुःखको भारी यसै गीत मार्फत बिसाउछन् । लोक देउडा भनेको हाम्रा आफ्ना मातृ भाषा र पन जस्तो लाग्छ हुन् । तर,यिनको संरक्षणमा अरुले चासो नदिए पनि अन्तिम श्वास रहुन्जेल बचाइराख्ने प्रण व्यक्त गर्छन ।
हे आफै रिङ्दो वियो गाड घट्ट डोलले लैग्यो
हे मर्म सौँराई थियो चानसले भेट भइगयो

यि गित उनका दिनभरिका दुःख थकाइको भारी बिसाउने चौतारी बनेका छन् । गीतका आफै सर्जक आफै गायक हुन् उनी । परिश्रममा विश्वास गर्दै दैनिक तानसँग पाखुरा बजाउछन् । उनी लोक तथा डेउडा गायक पनि हो । उनी गायक मात्र होइनन् तान व्यवसायिका नायक पनि हुन् । यति मात्र उनको परिचय होइन । उनी कर्णालीका हिरा हुन् । जोसँग कपडा बुन्ने तान उद्योगसँग अविछिन्न सम्बन्ध छ ।

तानसँग २०३५÷०३६ बाटै सम्बन्ध गाँसेका उनले आफुले मात्र रोजगारी भएनन् । आफुले सिकेको सिपबाट २८ हजार जनालाई तानसँग कपडा बुन्न र प्रत्यक्ष रोजगारीमा जोड्न सहयोग गरे । आफ्नै प्रदेशमा सम्पन्न बनाउनलाई आफ्नै प्रदेशको उत्पादित चिज बस्तु उपभोग गर्नुपर्छ भन्ने भनाई राख्दछन् । र व्यवहारमा पनि लागु गरेका छन् ।

तानको क्षेत्रमा आफ्नो जीन्दगीनै सम्रर्पण गरेका उनको सम्बन्ध तानसँग मात्र गहिरो छैन । उनको संगीतसँगको सम्बन्ध पनि उत्तिकै गहिरो छ । तानसँगै संगीतलाई पनि अगाडी बढाउदै गएका छन् । कर्णालीका लुकेको भाकालाई कसैले लोप हुन लागेका भाकालाई भावि पुस्काका दिनसम्म बचाएर राख्ने उनी बताउँछन् ।
तानसँगै २०४६ अगावै गीतहरु गुनगुनाउने उनले २०४६ सालमा गीत रेकर्ड गर्ने हटुहुटिले काठमाडौँ पु¥यायो । लोप भएका भाका र कुना कन्धराका लोप हुन लागेका भाकाहरु समेट्दै गीत बनाएर स्रोतामाझ पस्किन चाहन्थे नभन्दै काठमाडौँ गएर गीत रेकर्ड पनि गरे र श्रोतालाई सुनाए ।

आफुले कला क्षेत्रमा योगदान गरिरहदा पनि कतै मेला महोत्सवमा जादा सम्मान कलाकारको हैसियतको सम्मान नभएको उनको गुनासो छ । कतै मेला महोत्सव हुन्छन्, मन फुरुङ्ग हुन्छु,’उनले भने, ‘ म पनि कतै आफ्नो नासो दर्शक माझ पस्किन पाइन्छ होला भने । तर महोत्सवको गेटमै टिकट काट्न लगाउछन् । टिकट काटेर भित्र पस्छु । अरुले गाएको सुनेर फर्किन्छु । युट्युवमा भाइरल भएका कालाकारहरुहरुलाई आयोजकहरुले मेला महोत्सवमा भित्र्याउछन् । तर,जस्ले आफ्नो माटो,सस्कृति र सिङ्गो इतिहास बोकेका हुन्छन् । जो सधै गीतसंगीतको तमस्यामा हुनछ् उनीहरुनै ओझेलमा छन् ।

बढ्दो बिदेशि आयातित प्रविधिले हाम्रो संस्कृतिलाई लोप बनाउदै लिएको छ । सस्कृति संरक्षण गर्न त्यता तर्फ नत सरकारको ध्यान दिएको नत महोत्सव आयोजले ध्यान दिएका छन् । अर्काको देशको आयातित सस्कृति नभएर आफ्नै देशको गर्भ गर्न लायक सस्कृतिको जगर्ना गरेर अघि बढ्नुपर्ने खड्का बताउँछन् । हाम्रा ठाउँमा भएको सस्कृतिले हाम्रो इतिहास बोल्छ,’उनी भन्छन्, ‘आयातित होइन हाम्रै इतिहास बोल्ने कला सस्कृतिको गर्भ गर्दै संरक्षणमा लागौँ ।
खड्काले मातृभूमिप्रति समर्पित जौ बाली जौका, दुःख विसाउने, चरिअ, चिर्के रुमाल, सुनमाया, सुन माया, दुल्लु राम्णा पञ्चदेवल लै लै लगायतका थुप्रै एलबम उनकै आवाजमा रहेका छन् ।

तानसँगको सम्बन्ध

उनको तानसँगको सम्बन्ध पुरानै हो । सानैमा तानसँग साइनो गाँसन पुगेका उनको जीवनी र गन्तव्य सजिलो छैन । उनी सँगसँगै तान र गायन क्षेत्रलाई सँगसँगै अघि बढाएका छन् । सानैमा विभिन्न समयमा लामो समय तानसँग बिताए पछि तानसँगको एकान्तले बन बहकायो र तानसँगै गायन क्षेत्रमा गलाबाट गायन क्षेत्रमा पनि रुचि बढ्दै गयो । गायन र तानलाई सँगसँगै अघि बढाए । तानसँगको सम्बन्ध निकै अटुट लाग्यो त्यो बेलाको क्षेत्रिय घरेलु उद्योग सुर्खेमा दैलेखबाट सिफरिस भएर क्षेत्रिय घरेलु उद्योगमा दुइ वर्ष २०३६÷०३७ सालमा तालिम लिने अवसर पाए । तालिमपश्चात् उनी प्रथम श्रेणीमा उत्तिर्ण भए । तालिमपश्चात् आफैले तानमा कपडा बुन्न सिके ।

कामप्रति चासो जाग्यो गरे हुने रहेछ भनेर आफैले कपडा बुनने अवसर पाउदा निकै खुशि भए उनी ।
सामान्य परिवार खान लगाउन पुग्दैन थियो । उनी आफैले विद्यालय जानु अघि दुइ डोका घाँस काटेर विद्यालय जान्थे । सानैमा उनको लक्ष्य भनेको सिपहरु सिक्ने । अन्य साथीहरुलाई पनि सिकाउने रुची थियो र अहिले उनी सफल पनि भए । करिब २८ हजार जनालाई तान बुन्ने सिप उनले सिकाए । २०३८÷३९ सालबाट सुरु गरेका उनले अहिले पनि निरन्तरता दिएका छन् ।

श्री पाँचको सरकार भएका बेला सुर्खेतमा तानको अवस्था

श्री पाँचको सरकार भएका बेला सुर्खेतमा तानको अवस्था सामान्य थियो । आवश्यक परेको समयमा सबै कच्चा पदार्थ सुर्खेतमै पाइन्थ्यो । घरेलू सिल्पकलाहरु थिय । सिल्पकलाहरुको लागि सानातिना चिजको लागि हामीले काठमाडौँ धाउनुपर्ने अवस्था नभएको खड्का बताउँछन् । सबै सामानहरु यहि उपलब्ध हुन्थे,’उनले भने, ‘राजा हटिसकेपछि अहिले नत कच्चा पदार्थ पाउँछौँ नत सरकारको सहयोग नै पाएको छु ।’

‘श्री पाँचको सरकार भएका समयमा हाम्रा उत्पादन कपडाहरु घरेलु सिल्पकला विक्रि भण्डारले हामीले बनाएका कपडा खरिद गरिदिन्थे तर अहिले उत्पादन भएका कपडा पनि मुस्किलले विक्रि हुन्छन् । त्यो समयमा तान व्यवसायिलाई निकै सहज भएको थियो । कच्चा पदार्थ पनि यहि पाउथ्यौँ । त्यो समयमा सुर्खेत उपत्यका नभएर भैरव स्थानमा मात्र ६ वटा ठुला ठुला उद्योग थिए । २० देखि २२ वटा तानहरु राखेर चलाइएका थिए । सुर्खेत उपत्यका भरि त्यस्ता धेरै उद्योगहरु थिए । त्यस बेलाको समयमा मासिक आम्दानी १५ हजार कमाउथ्यौँ ।’

कर्णाली सरकारले कर्णालीमा उत्पादित कपडा अनिवार्य गर्नुपर्छ

पहिले र अहिले तान उद्योगको माग कत्तिको छ ? सरकारले के गर्नुपर्ला ? भन्ने प्रश्नमा उनी भन्छन्,‘सरकारले कच्चा पदार्थ सुर्खेतमै पाउने बाताबरण गर्दिनुपर्छ । यस्को माग बढाउन यहाँका सरकारी तथा गैरसरकारी कर्मचारी, एनजिओ आइएनजियो लगायत सबैलाई कर्णालीमा उत्पादित कपडा लगाउन प्रोत्साहन गर्नुपर्छ । र त्यो नियम सरकारले बसाल्नुपर्छ । सरकारको ध्यान जानेबित्तिकै कच्चा पदार्थ यहिँ सुर्खेतमा उपलब्ध हुन्छ । शिल्पकला विक्रि गर्ने कोशेलीगृहजस्तो कुनै न कुनै सौगात गृह भयो भने हाम्रा चिजहरु यहाँ आइपुगेपश्चात् सहज हुन्छ । जस्ले कर्णालीको अर्थतन्त्रलाई पनि धान्छ र कर्णालीमा भएको कच्चा पदार्थको सदुपयोग हुन्छ ।’ ‘कर्णाली सरकारले सबै क्षेत्रहरुमा यहाँ उत्पादन हुने कपडा प्रयोग अनिवार्य र प्रोत्साहन गर्नुपर्छ कर्णालीको अर्थतन्त्र धानिन्छ’



Leave a comment

Your email address will not be published.


*