सुतिरहेको बेला जलेर राउटे युवा घाइते

सुतिरहेको बेला जलेर राउटे युवा घाइते

दैलेख : दैलेखमा बसोबास गर्दै आएको राउटे समुदायको एक युवा आगोमा जलेर घाइते भएका छन् । राती सुतिरहेको बेला अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरिर समेत जलेको छ । राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षिय नारायण शाही आगोले जलेर गम्भिर घाइते भएका छन् ।

मंगलबार राति सुतेकै बेला ओढेको बल्यांकेटमा आगो सल्किएको हो । राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किएको बताइएको छ । उनको झुपडीमा नारायण शाहीसहित अन्य तीन जना पनि सुतेका थिए । तर, अन्य तीनजना सकुशल रहेको बताईएको छ । उनलाई उद्धार गरी उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याईएको छ ।

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीविन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमा बसोबास गरिरहेका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४३ जना छ ।

प्रतिक्रिया