जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला :  जुम्लाको त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट रारा लिही जाँदै गरेको क १ स ११ नम्बरको अटो तिला गाउँपालिका -३ त्रिवेणीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटना भएको अटो तिला नदी किनारामा खसेको छ । मृत्यु हुनेमा तातोपानी -१ बाइरानीका पुरन सार्की र तिला गाउँपालिका -३ का २० वर्षीय आकाश थापा रहेका छन् । अनियन्त्रित भएर दुर्घटना भएको अटोमा रहेका उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

तर अस्पतालमा डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका थिए । पछिल्लो समय जुम्लामा अटो तीव्र गतिमा चलाउँदा दुर्घटना हुन थालेका छन् ।

प्रतिक्रिया