नेपाल आयल निगम सुर्खेत शाखाले मनायो ५३औँ वार्षिकोत्सव

नेपाल आयल निगम सुर्खेत शाखाले मनायो ५३औँ वार्षिकोत्सव

वार्षिकोत्सवमा कार्यालय परिसर सरसफाई देखि रक्तदान तथा वृक्षरोपणसम्म

सुर्खेत :  नेपाल आयल निगम सुर्खेत शाखाले ५३ औँ वार्षिकोत्सव मनाएको छ । ५३ औँ वार्षिक उत्सवको अवसरमा निगमले कार्यालय परिसर सरसफाई, वृक्षारोपण, रक्तदान तथा खेलकुद प्रतिगिता गरेको छ ।

आयल निगमले वार्षिकोत्सवको अवसरमा पौष २१ गते बालगृह महासंघमा खाद्यन्न सहयोग तथा न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै पौष २२ गते महिला ब्याडमिन्टन प्रतियोगिता, २३ गते ब्याडमिन्टन प्रतियोगिता, २४ गते घैटोफोर प्रतियोगित, डोरी तान र म्युजिकल चियर प्रतियोगिता गरिएको नेपाल कर्मचारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनका अनुसार २५ गते नेपाल रेडक्रस सोसाइटीलाई रक्रदान कार्र्यक्रम, २६ गते सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरिएको थियो । कर्णाली प्रादेशिक कार्यालय प्रमुख दिवस विष्ट, कार्यक्रम संयोजक तथा लेखा प्रमुख राम कुमार केएन, लेखा सायक ज्ञानेन्द्र बहादुर शाहीको उपस्थितिमा कार्यक्रम संचालनन गरिएको थियो ।

खेलकुद प्रतियोगितामा विजयी हुनेको नामावली

नेपाल आयल निगमको ५३ औँ वार्षिकोत्सवमा आयोजना गरिएको प्रतियोगितामा  ब्याडमिन्टन प्रतियोगिता पुरुषतर्फ ज्ञानेन्द्र बहादुर शाही प्रथम र अमृत बहादुर काकी दोस्रो भएका थिए । त्यस्तै ब्याडमिन्टन महिलातर्फ बसन्ती चौधरी, चन्द्रा थापामगर रहेकि छन् ।

त्यस्तै घैँटो फोड प्रतियोगितामा दिवस विष्ट विजयी भएका थिए । त्यस्तै डोरी तान समुहतर्फ ज्ञानेन्द्र बहादुर शाही, अशोक श्रेष्ठ, अमृत बहादुर कार्की, खगेन्द्र अर्याल, खगेन्द्र प्रसाद रिजाल, बसन्त कुमार राना, हरी बहादुर थापा, फुलाराम बाल्मिकी, धीर बहादुर बिसीको समुह विजयी भएको थियो ।

त्यस्तै म्युजिकरल प्रतियोगितामा अमृत कुमार काकी विजयी भएका नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया