सेनाले मारेर छाडेकी यशोदा कर्णालीकि उपसभामुखमा निर्वाचित

सेनाले मारेर छाडेकी यशोदा कर्णालीकि उपसभामुखमा निर्वाचित

सुर्खेत :  कर्णाली प्रदेशसभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भएकि छन् । बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मत ल्याएर न्यौपाने उपसभामुखमा निर्वाचित भएकि हुन् ।

उनलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र राप्रपा तथा एकीकृत समाजवादीको एक एक मत पाएकि थिइन् । समानुपातिक सांसद हो । कर्णाली प्रदेशसभामा ४० सदस्य छन । जसमध्ये ३८ जनाको उपस्थिति रहेको थियो ।

को हुन न्यौपाने ?

जुम्लाको तातापानी गाउँपालिका ४ हाँकुमा २०४० साल असोज ३ गते जन्मेकी हुन् । बुवा धनञ्जय र आमा धनरुपमा न्यौपानेहुन । दुई दाजुपछि जन्मेकी न्यौपानेका एक भाइ छन ।

न्यौपानेले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन । २०५३ देखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित न्यौपाने २०५७ साल बैशाख ३ गतेदेखि नेकपा माओवादीमा आवद्ध भएकी थिइन ।

माओवादी विद्यार्थी संगठनमै होमिएका बेला न्यौपानेले २०५७ साल असोजमा उनको विवाह भएको थियो । कालिकोटको खाडाचक्र नगरपालिका ८ का लक्ष्मीप्रसाद चौलागाईंसँग उनको विवाह भएको थियो । चौलागाईं नेकपा माओवादी कालिकोटका जिल्ला संयोजक हुन् । उनकी एउटी छोरी छन ।

२०५८ सालमा उनी माओवादी समर्थित महिला संघकी जिल्ला सचिव र पार्टीको एरिया सेक्रेटरी भएको न्यौपानेले बताउँनुभयो । किसान संगठनको व्युरो सदस्य रहेको थिएँ,‘उनले भनिन्, ‘२०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहुँ र गोर्खामा रहँदा जनमुक्ति सेनाको कमाण्डरको भूमिका निभाएको थिएँ ।’

मृत्युकोे मुखबाट फर्केकि यशोदा

एमालेमा छँदा कलाकारको भूमिका निभाएको बताउने उनी मृत्युको मुखबाट, बाँचरे मुक्ति भनेर माओवादीको राजनीतिमा लागेको बताइन् । महिलाहरुमाथि हुने हिंसाको विरोध, राम्रो महिला शिक्षा र स्वास्थ्यको लागि आफू राजनीतिमा सक्रिय बनेको न्यौपानेले बताइन् ।

सानैबाट दराजनीतिमा होमिनुभएकी न्यौपाने सानैमा सबैसँग समान व्यवहार गर्ने र मिलनसार रहेको बताए । म सानोमा सबैसँग मिलनसार व्यवहार गर्ने, समाज सेवा गर्नुपर्छ भन्ने हुन्थ्यो,’उनले भनिन्, ‘समाजमा हेपिएका चेपिएका महिलाको उद्धार गर्ने, महिलाको पक्षमा वकालत गरिरहने हुन्थ्यो । समाजमा महिला भएर दबिएर हेपिएर मात्र बस्नुहुँदैन महिलाले केही गरेर देखाउनुपर्छ भन्ने सोच हुन्थ्यो ।’

एमालेभन्दा माओवादी क्रान्तिकारी स्पष्ट विचारधारा र सिद्धान्त भएको पार्टी भएको जिकिर गर्दै उनले माओवादी आन्दोलनमा लागेपछि आफूसँगै जनताका इच्छा आंकाक्षा पूरा गर्न सकिन्छ भनेर अठोट लिएको उनी बताउँछन् ।

माओवादी जनयुद्धमा लाग्दा धेरै सशस्त्र युद्ध मैदानमा सहभागी भएको आफ्नो मानसपटलमा अहिले पनि ताजै रहेको बताइन् । जसमध्ये अछाम सदरमुकाम मंगलसेन आक्रमणमा आफूलाई नेपाली सेनाले म¥यो भनी छाडेर गएको स्मरण गर्छन् ।

त्यसवेला नेपाली सेनाले छाडेर नगएको भए आज यो अवस्थासम्म आइनपुग्ने थिएन,’उनले भनिन्, ‘मंगलसेन हानिसकेपछि २०५८ सालमा नेपाल आर्मीले २५ राउण्ड गोली हानेपछि म¥यो भनेर छोडेको थियो । ‘तर, म भाग्यबस बाँचेको थिएँ । यस्ता घटना त कति छन कति । तर, सबैभन्दा भुल्न नसक्ने क्षण यसैलाई लिन्छु । त्यसवेला मैले पुनर्जन्म पाएको थिएँ ।’

 

प्रतिक्रिया