जुम्लामा हिमपात

जुम्लामा हिमपात

जुम्ला :  जुम्लामा हिमपात भएको छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेको हो। यहाँ यस वर्षको हिउँद सिजनमा पहिलो पटक हिमपात भएको हो ।

अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो ।

हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ । पानी नपर्दा, हिमपात नहुँदा बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियौँ । अब सिँचाइमा सहज हुने आश छ चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भने ।

जुम्लामा निकै चिसो हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो ।

प्रतिक्रिया