कर्णालीको विकासलाई ध्यान दिन सरकारलाई माग

कर्णालीको विकासलाई ध्यान दिन सरकारलाई माग

काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्णालीको विकास राज्यको प्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उनले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट व्यवस्थापन गर्न माग गे ।

सांसद शाहीले जुम्लीको विकाससँग जोडिएको जुम्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने खाँचो औँंल्याए । उनले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिए ।

बैठकमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गरे ।

उनले भने, “संसद्को गरिमा, प्रतिष्ठा र प्रभावकारिता बढाउन र संसदप्रतिको आकर्षण बढाउन सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।” उनले सदनलाई आवाजविहीनको आवाज व्यक्त हुने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया