अज्ञात रोगको कारण मर्दै पशुचौपाया

अज्ञात रोगको कारण मर्दै पशुचौपाया

फाइल तस्बीर

सल्यान  : एक हप्ता यतादेखि फैलिएकको अज्ञात रोगले सल्यानका चौपाय मर्न थालेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा छाडा गाई अज्ञान रोगका कारण मर्न थालेका हुन ।

छाडा पशुचौपाया मर्न थालेपछि बिरामी गाईको नमनुा संकलन गरी पशुपंक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाइएको पशु सेवा शाखा प्रमुख विनाराम बुढाथोकीले बताए । बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको उनको भनाई छ ।

सामान्य लक्षणको आधारमा रेबिज जस्तो देखिएको र त्यसले भोलिका दिनमा घरपालुवा तथा अन्य छाडा पशुचौपाय र मानिसमा समेत जोखिम हुने भएकाले त्यसको रोकथाम र रोग पहिचानका लागि नमुना संकलन गरी पठाइएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताए । अज्ञात रोगका कारण अहिलेसम्म ५ छाडा गाई र दुई कुकुर मरेका छन् ।

प्रतिक्रिया