सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

काठमाण्डौ :  नेपाली भूमि संरक्षणमा सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै एक महिनादेखि उपचाररत थिए । उनको उपचारको क्रममा रुपन्देहीको भैरहवा मेडिकल कलेजमा निधन भएको परिवारले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध अभियानमा थिए ।

प्रतिक्रिया