जानकी तारमी मगरको नयाँ गीत ‘भेनाको जातैले’बजारमा

जानकी तारमी मगरको नयाँ गीत  ‘भेनाको जातैले’बजारमा

 

काठमाडौँ : लोक गायिका जानकी तारमी मगर नयाँ गीत लिएर आएकी छन्। मगरको ‘भेनाको जातैले’बोलको गीत बजारमा आएको हो। सार्वजनिक गीत गायनमा गायिका मगरलाई गायक सिद्धार्थ आले मगरले साथ दिएका छन् ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओमा श्याम राना, आरुषी मगर, विजय पुन (पथ्थरको मुटु) र सिर्जना मगरले अभिनय गरेका छन् । भिडिओको निर्देशन राजकुमार मगरले गरेका छन् भने कोरियोग्राफी विजय बुढा मगरको छ ।

प्रकाश खड्काले छायांकन गरेको भिडिओ सम्पादन राजकुमार मगरले गरेका छन् । सार्वजनिक गीतमा लय तथा शब्द जानकी तारमी मगरकै छ ।

प्रतिक्रिया