ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा

          |   प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९     ::: 128 पटक पढिएको   |  

 

काठमाडौँ : नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ। चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।

दन्त चिकित्सक डा। कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन्। सिनेमामा डा। भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।



Leave a comment

Your email address will not be published.


*