सुर्खेत महोत्सव स्थगित

सुर्खेत महोत्सव स्थगित

सुर्खेत :  सुर्खेत महोत्सव स्थगित भएको छ । वीरेन्द्रनगर सुर्खेतमा भईरहेको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ स्थगित भएको हो ।

माघ २० गते देखि २८ गतेसम्म संचालन हुने भनिएको महोत्सव २ दिन मात्र संचालन भएको थियो । आइतबार नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै महोत्सव स्थगित भएको जनाएको छ ।

महोत्सवको दोस्रो दिन राती स्टलको समान चोरी भएको भन्ने सुचना आएकोले आयोजक र व्यापारीबीच छलफल भईरहेको र सत्यतथ्य छानबिन गर्न अर्को सुचना नआएसम्मको लागि महोत्सव स्थगित भएको आयोजकले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया