स्थगित सुर्खेत महोत्सव पुनः सुरु

          |   प्रकाशित मितिः आइतवार, माघ २२, २०७९     ::: 105 पटक पढिएको   |  

सुर्खेत :  वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ पुनः संचालन भएको छ । शनिबार राती स्टलमा चोरी भएको भन्ने व्यापारीले गुनासो गरेपछि आइतबार विहान महोत्सव स्थगित भएको थियो ।

व्यापारी र आयोजकबीच भएको सहमती अनुसार महोत्सव संचालन गर्ने र चोरी भएको भन्नेबारे अनुसन्धान गर्ने सहमतीमा मौसम पुनः सुचारु भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै पुनः संचालन भएको जनाएको छ । महोत्सव सुचारु हुने भएसंगै आज चर्चित गायिका मेलीना राईको प्रस्तुती रहनेछ ।

माघ २८ गतेसम्म यो महोत्सव संचालन हुनेछ ।



Leave a comment

Your email address will not be published.


*