स्थगित सुर्खेत महोत्सव पुनः सुरु
![स्थगित सुर्खेत महोत्सव पुनः सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/mahotsab_w9Wm6tp4hX_ce2osu2kcgvgdl6r8xdoou77utfclxx1zkbsegzh5bargd6g1wyvru14wgbg.jpeg)
सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ पुनः संचालन भएको छ । शनिबार राती स्टलमा चोरी भएको भन्ने व्यापारीले गुनासो गरेपछि आइतबार विहान महोत्सव स्थगित भएको थियो ।
व्यापारी र आयोजकबीच भएको सहमती अनुसार महोत्सव संचालन गर्ने र चोरी भएको भन्नेबारे अनुसन्धान गर्ने सहमतीमा मौसम पुनः सुचारु भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै पुनः संचालन भएको जनाएको छ । महोत्सव सुचारु हुने भएसंगै आज चर्चित गायिका मेलीना राईको प्रस्तुती रहनेछ ।
माघ २८ गतेसम्म यो महोत्सव संचालन हुनेछ ।
प्रतिक्रिया