सुर्खेतको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युु

सुर्खेतको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युु

सुर्खेत :  सुर्खेतको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युु भएको छ । बसको ठक्करबाट घाइते भएकी महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब साढे २ बजेतिर बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृत्युु हुने महिला अन्दाजी ६६ वर्षीय रहेको र नाम थर र ठेगाना नखुलेको बताइएको छ । चालक फरार रहेको र बस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए ।

प्रतिक्रिया