सोसेकद्धारा स्वास्थ्य सहायता कक्ष संचालन

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ४, २०७९     ::: 720 पटक पढिएको   |  

 

सुर्खेत :   दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा संचालन भएको १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सोसेक नेपालले स्वास्थ्य सहायता कक्ष संचालन गरेको छ ।

जिल्ला खेलकुद विकास समिति दैलेखको आयोजना तथा चामुण्डावीन्द्रासैनी नगरपालिकाको सह-आयोजनामा संचालन भएको खेलमा स्वास्थ्य सहायता कक्ष संचालन गरेको हो ।

१३ अ‍ौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड स्थल चामुण्डाबिन्द्रासैनी दैलेखमा बाल हेल्पलाईन १०९८, चामुण्डाबिन्द्रासै नगरपालिका, ठाटीकाध गाउपालिका को समन्वय मा सोसेक नेपालद्वारा आयोजित स्वास्थ सहायता कक्ष संचालन गरेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

उनका अनुसार बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन् गरेका थिए । आज उद्घाट्न भएको र डेमो खेल भएको थियो । भोलीबाट खेल संचालन हुने  छ । स्वास्थ्य सहायता कक्षबाट आजै ३५ जनाले सेवा लिएको संयोजक रेग्मीले बताए ।

 



Leave a comment

Your email address will not be published.


*