सांसद सीता कुमारी रानाद्वारा समसामयिक समस्या बारे सरकारको ध्यानाकर्षण

        एच.एस. थापा   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ११, २०७९     ::: 1106 पटक पढिएको   |  

काठमाडौं :  प्रतिनिधि सभाका सांसद सीताकुमारी रानाले कर्णाली राजमार्गको मापदण्ड अनुसार सुधार गर्न, दैलेखको गुठी जग्गा समस्या र स्वास्थ्य सेवा सेवा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद रानाले कर्णाली प्रदेशको सर्वांगीण विकास लक्ष्य लिइएको कणाली राजमार्ग मापदण्ड र गुणस्तर कायम नभएको कारण मृत्यू मार्गको रुपमा व्याख्या भइरहेको उनले उल्लेख गरिन् ।

वातावरण प्रभाव जस्ता मापदण्ड मूल्यांकन नगरी बनाइएका सडकका कारण वर्षेनी बाढी पहिरोले क्षति पु¥याउने गरेकोले राजमार्गको गुणस्तर सुधार गर्न गरिमामय सदन मार्फत नेपाल सरकारको ध्यानाकर्षण  गराउन चाहन्छु साँसद रानाले भनिन् ।
दैलेख जिल्ला अस्पताल लगायत जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण, अ‍ौषधि र आवश्यक जनशक्तिको अभावले सामान्य बिरामी पनि सुर्खेत, नेपालगञ्ज, काठमाण्डौं  र भारतको लखनऊ पुग्नुपर्ने स्थिति रहेको समस्या भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

साँसद रानाले दुल्लू नगरपालिका र भैरबी गाउँपालिकामा गुठी समस्याका समेत प्रतिनिधिसभा बैठकमा बोल्दै ८ हजार रोपनी गुठी जग्गाका मोहीलाई जग्गाको स्वामित्व दिलाउन तुरुन्त व्यवस्था गरियोस् भनी नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।
२०४९ सालमा नापी भएको, २०५१ मा मालपोतले रैकर असुलेकोमा २०५४ मा राणा शासन कालका मुखियाहरुले विवाद सिर्जना गरेर आफूखुशी रकम असुल्ने गरेकामा यो अवैधानिक कार्य भएको कारण २०७३ पछि चाहिँ रोकिएको उनले जानकारी गराइन् ।

यस क्षेत्रका नाभिस्थान, पादुका, श्रीस्थान र धुलेश्वर पाठकी गुठीका नाममा रहेको तर जग्गा भोगचलन गरिरहेका नागरिकहरुले आवश्यक पर्दा बैंकमा धितो राख्न वा बिक्री वितरण गर्न समस्या रहेको साँँसद रानाले औल्याइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभा साँसद रानाले दैलेखको भैरबी गाउँपालिका वडा न १ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेक्षणको लागि ४५ रोपनी जगा अधिग्रहणको काम थालेको कामप्रति सरकारलाई धन्यवाद दिइन् ।

साँसद रानाको संसदमा यो पहिलो सम्वोधन हो । जिल्लाका प्रमुख समस्या कर्णाली राजमार्गको गुणस्तर सुधार, गुठी जग्गा समस्या र स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकोमा नागरिक समाजले खुशी प्रकट गरेको छ । खवरदारी निरन्तरता जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्च दैलेखका सचिव पत्रकार अमर सुनारले टिप्पणी गरे ।

साँसद रानाले संसदमा बाेल्नुभएकाे भिडियाे –
https://youtu.be/10blvKnI4f4

 



Leave a comment

Your email address will not be published.


*