१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरीलाई

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरीलाई

सल्यान : १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो ।

८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ । ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कास्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कास्य, त्रिवेणी गाउँपालिकाले ४ कास्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ कास्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्य, र कालिमाटी गाउँपालिकाले १ रजत र १ कास्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गते सम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।-सल्यानखबर

प्रतिक्रिया