दोस्रो चुली कप भलिबलको उपाधि रुकुम पश्चिमलाई

दोस्रो चुली कप भलिबलको उपाधि रुकुम पश्चिमलाई

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दोस्रो चुली कपको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनलमा सुर्खेतलाई पराजित गर्दै रुकुम पश्चिमले उपाधि जितेको हो । रुकुमले सुर्खेतलाई ३–१ को सेटमा पराजित गर्यो ।

विजेता रुकुम पश्चिमले कप सहित नगद २ लाख २० हजार पुरस्कार पाएको छ । उप विजेता सुर्खेतले कप र नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा सल्यान तेस्रो भएको छ । एपिएफ क्लवलाई पराजित गर्दै सल्यानले ७५ हजार नगद जितेको छ ।

एपिएफले ५० हजार पाएको छ । रुकुम पश्चिमले लामो समयपछि पुरुष भलिबलमा उपाधि हात पारेको छ । एक समय राम्रो टिमका रुपमा रहेको रुकुम पछिल्ला केही वर्ष भने कमजोर बनेको थियो । तर पछिल्लो समय टिममा सुधार देखिन थालेको छ ।

महिला तर्फ एभरेष्ट बुटवल विजेता बनेको छ । आजै भएको फाइनलमा न्यु डायमण्ड क्लवलाई पराजित गर्दै एभरेष्ट विजेता बनेको हो । उसले नगद १ लाख ५० हजार पुरस्कार पाउँदा उप विजेता न्यु डायमण्डले ८० हजार नगद पाएको छ ।

प्रतिक्रिया