ठाँटीकाँधमा एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन २२, २०७९     ::: 829 पटक पढिएको   |  

दैलेख :  सोसेक नेपालले दैलेखको ठाँटीकाँध गाउँपालिकामा सञ्चालन गरेको गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग सहकार्य परियोजनाले २१ विद्यालयमा कक्षा ३ सम्म अध्यापन गरिरहेका २३ जना शिक्षकहरुलाई तीन दिने एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिएको छ ।

भगवती आधारभूत विद्यालय आग्रका प्रधानाध्यापक दिपराज बिकले विद्यालयमा आफू एक्लो शिक्षक जसोतसो पढाइरहेको थिएँ, पाठ्यपुस्तक लिएर जाने पढेर सुनाउने कहिले बालबालिकालाई पढ्न लगाउने गथ्यौं । उहाँले भन्नुभयो ‘विधि धेरै फरक रहेछ, बालबालिकालाई नै सहभागी गराएर सिकाउनुपर्दो रैछ’ यो तालिमबाट सिकियो ।

बालकल्याण आधारभूत विद्यालयका शिक्षक राधा रिजालको भनाई अनुसार एकीकृत पाठ्यक्रम सम्वन्धी धेरै कुरा जानियो, कक्षा कोठामा प्रयोग गर्ने शैक्षिक सामग्री कसरी प्रयोग गर्ने ? कक्षा कोठामा प्रयोगको विधि लगायतका बालबालिका केन्द्रित सिकाई प्रणाली थाहा भयो ।

देउती माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर बिकले पनि शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने कुरा सिकेको बताउनुभयो । ‘पाठ्यपुस्तक लिएर होइन शिक्षण सामग्रीका सहायताले बालबालिकालाई मौलिक तरिकाले सिकाउन सकिन्छ भन्ने सिकियो’ उहाँले भन्नुभयो ।

जिल्लाका ११ पालिका मध्ये सबै भन्दा बिकट ठाँटीकाँध गाउँपालिकामा परियोजना चलाउन गाह्रो तर परिणाममुखी नतिजाको संकेत देखिएबाट परिवर्तनको आशा जगाएको सोेसेक नेपालका संस्थापक तथा कार्यकारी निर्देशक हिरासिंह थापाले सुनाउनुभयो ।

तालिम सहजकर्ता हुनुुहुन्थ्यो बासुदेव उपाध्याय । उहाँले राष्ट्रिय पाठ्यक्रम प्रारुप प्रवाधिकरण, विद्यार्थी कार्यपुस्तकको प्रयोग विधि, विषयगत सिकाइ सामग्री निर्माण, क्रमिक सिकाइ रणनीति, निरन्तर विद्यार्थी मूल्यांक र लेटर ग्रेडिङ्ग आधारमा नतिजा प्रकाशन लगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।ठाँटीकाँध गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख नेत्रबहादुर थापा एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम पूरै अवधि सहभागी भएर देखे अनुसार तालिम प्रभावकारी रहेको बताउनुभयो ।

स्थानीय स्तरमै पाइने सामग्रीबाट शिक्षण सामग्री बनाउने र एकीकृत पाठ्यक्रमको शिक्षण विधि र मूल्याँकन गर्ने बारे शिक्षकहरु अलमल परेको बेला सोसेक नेपालको सहकार्य परियोजनाले चलाएको तालिमले निरन्तर मूल्याँकनलाई जोड दिएको पक्ष आफूलाई राम्रो लागेको सुनाउनुभयो ।

सहभागी शिक्षकहरुको लगनशीलताले शिक्षकहरुले कार्यथलोमा सिकाई प्रभावकारी बनाउनेमा भरोसा रहेको गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग सहकार्य परियोजना संयोजक जीवराज रेग्मीको विश्वास छ ।

 



1 Comment on ठाँटीकाँधमा एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम

  1. Hira Singh Thapa // March 7, 2023 at 6:46 am // Reply

    राम्राे कामकाे शूरुआत तर तालिम पछि कक्षा काेठामा देखिने परिवर्तन नै सार्वजनिक शिक्षामा सुधारकाे संकेत हाे । यस तर्फ सराेकारवाला गाउँपालिका शिक्षा शाखा र विद्यालय व्यवस्थापन समिती प्रधानाध्यपककाे मुख्य हात हुनेछ भने कक्षा शिक्षककाे महत्वपुर्ण याेगदान रहने छ ।

Leave a comment

Your email address will not be published.


*