यादवकाे उम्मेदवारी खारेजीकाे माग गर्दै दुई वटा उजुरी
ज्वाला सन्देश संवाददाता |
प्रकाशित मितिः
शनिबार, फाल्गुन २७, २०७९
:::
91 पटक पढिएको |
काठमाण्डाैं – सत्तारुढ गठबन्धनकाे तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार दिएका जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विरुद्ध दुई वटा उजुरी परेका छन् । यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने उल्लेख भएपनि राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा यादवको उम्मेदवारी संविधान विपरित भएको जिकिर गर्दै यादवको उम्मेदवारी खारेज गर्न दुवै उजुरीमा माग गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार आज बेलुकी ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरीको आइतबार दिउँसो १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने जनाएको छ ।
Leave a comment