पीएनजीविरुद्ध टस जितेर बलिङमा नेपाल

पीएनजीविरुद्ध टस जितेर बलिङमा नेपाल

काठमाडौं –  आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । श्रीङ्खला अन्तरगत नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न चाहन्छ ।

यसअघि हिजो भएको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

प्रतिक्रिया