भोलि विश्व उपभोक्ता अधिकार दिवस

भोलि विश्व उपभोक्ता अधिकार दिवस

दैलेख – भोलि मार्च १५ तारिक अर्थात विश्व उपभोक्ता अधिकार दिवस । यो दिवसको अवसरमा जिल्ला प्रशासन कार्याल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालाय, दैलेख उद्योग बाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा भोलि विभिन्न कार्यक्रम गर्ने तयारी छ ।

भोलि विहान साढे ७ बजे दैलेख सदरमुकामको गणेशचोकबाट ¥यालीले नगर परिक्रमापछि जिससको ठूलो हलमा अन्तरक्रिया कार्यक्रम गर्ने तय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हमालले पालिकाहरुमा पनि दिवस मनाउन परिपत्र गरिएको जानकारी दिनुभयो । उपभोक्ताहरुले मूल्य तिरेर किनेको खाद्य बस्तु तथा उपभोगका बस्तुको गुणस्तर र सर्वसुलभताको निश्चिता सम्वन्धी अधिकारको जागरुक गराउन संयुक्त राष्ट्र संघले हरेक वषए मार्च १५ तारिकको दिन विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरेको छ ।

आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको तयारी बैठकमा तयारी बैठकले मार्च १५ तारिक अर्थात चैत १ गतेका दिन विश्व उपभोक्ता अधिकार दिवस व्यानर, प्लेकार्ड सहित ¥यालीले नगर परिक्रममा गरी जिससमा अन्तरक्रिया कार्यक्रम गर्ने तय भएको उपभोक्ता हित संरक्षण मञ्चका सचिव अमर सुनारले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा उपभोक्ता हित संरक्षणका सवालमा दुई वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तूत गरी अन्तरक्रिया गर्ने, दिवसको विहान स्थानीय रेडियोहरुबाट परिसम्वाद चलाउने र यो दिवस मनाउन दैलेखका ११ वटै पालिकामा मनाउन अनुरोध गरी पठाउने निर्णय भएको छ ।

प्रतिक्रिया