नेविसंघ र अखिल क्रान्तिकारीबिच गठबन्धन

नेविसंघ र अखिल क्रान्तिकारीबिच गठबन्धन

रुकुम – चैत्र ५ गते हुने स्ववियू निर्वाचनका लागि रुकुम पश्चिमका २ क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा रहेको रुकुमेली क्याम्पस र आठबीसकोट नगरपालिकामा रहेको राडी जिउला शिक्षा क्याम्पसमा भागबण्डाको सहमति भएको हो ।

रुकुमेली क्याम्पसमा अखिल क्रान्तिकारीले नेविसंघलाई सघाउने र राडी जिउला शिक्षा क्याम्पसमा नेविसंघले अखिल क्रान्तिकारीलाई सघाउने गरी सहमति भएको अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त रुपमा जानकारी गराएका छन् ।

सहमति अनुसार अव सम्बन्धीत संगठनले आफ्नो भागमा नपरेको पद निष्कृय बनाउने तथा गठबन्धन भित्रका अन्य संगठनलाई पनि सहभागि बनाउनका लागि पहल थाल्ने दुवै संगठनले जनाएका छन् ।

सत्ता गठबन्धन अनुसार जिल्लाका अन्य क्याम्पसहरुमा पनि सहमतिका लागि प्रयास गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष नारायण केसी र नेविसंघका लालबहादुर ओलीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

रुकुमेली क्याम्पसमा सबै संगठनले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् भने राडी जिउला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीका विरुद्ध अन्य सबै संगठन एकजुट भएर उम्मेदवारी दर्ता गराएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसमा चैत्र ५ गते र मध्यपश्चिम विश्व विद्यालय अन्तर्गतका क्याम्पसमा चैत्र ३ गते स्ववियु निर्वाचन हुँदै छ ।

प्रतिक्रिया